आफूविरुद्ध आन्दोलन भएपछि रविले भनेः अरुले उचालेका भरमा आन्दोलन नगर्नुस्


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई अरुले नै उचालेर आन्दोलन गरेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा उनले अपराधमा संलग्न नै नभएको मान्छेविरुद्ध आन्दोलन गरेको बताए ।

‘सहकारी पीडितको लागि लड्नुभएको छ भने मेरो सलाम छ, तर जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई कसैले उक्साएको भरमा दोषी झैं गरी तपाईंहरुले विरोध गर्नुभएको छ’, उनले भने ।

मंगलबार रास्ववाको कार्यक्रमस्थलबाहिर सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सम्बोधनका क्रममा लामिछानेले कसैले उचालिदिएको भरमा र गलत कुरा भनिदिएको भरमा आफूविरुद्ध आन्दोलन भएको भन्दै आक्रोश पोखे ।

२०८१ भाद्र २५, मंगलवार १८:४७ प्रकाशित
ट्रेन्डिङ समाचार