म सरकारको खबरदारी गर्न संसद्को रोस्ट्रममा उभिएको छु : प्रचण्ड


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई खबरदारी गर्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएको बताएका छन् ।

उनले मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा  उनले अहिलेकाे सरकार संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार रहेको बताए ।

‘संसददेखि सडकसम्म जनतालाई साथ लिएर सडकदेखि संसदसम्म सरकारलाई नियन्त्रणमा लिइने छ,’ उनले भने, ‘संख्यामा दुईतिहाइ होला सरकारको जगमा विश्वास होइन शंका छ ।’

सरकारका पछाडि बिचौलिया र माफिया रहेको उनले बताए । ‘सरकार अहंकारपूर्ण र गलतबाट उन्मुख संख्याको उन्माद जनताभन्दा माफियाहरूको सेवामा छ । रचनात्मक खबरदारी नगर्दा ढिला हुने भयो भनेर खबरदारीका लागि उभिएको छु,’ उनले भने ।

२०८१ भाद्र ११, मंगलवार १४:१९ प्रकाशित
ट्रेन्डिङ समाचार