
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाउने निर्णय गरेको छ ।
सरकारले केही दिनअघि गरेको सहसचिव सरुवामा घिमिरे र दाहाल दुवैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याएको थियो भने राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा र सम्पति सुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई अन्यत्र सरुवा गरेको थियो ।
दुवैजना महानिर्देशकलाई सरुवा गरिएपछि रिक्त रहेको राजस्व अनुसन्धान विभागमा घिमिरे र सम्पति सुद्धीकरण अनुसन्धान विभागमा दाहाललाई पठाइएको हो । यी दुवै विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको छ ।
घिमिरे राजस्वकै क्याडर हुन् । दाहालले यसअघि भन्सार विभागको महानिर्देशक भइसकेका छन् । दुवै महानिर्देशक अनुभवी भएकाले सुधार गर्नका लागि उनीहरूलाई ती विभागमा पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।