काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त उपाध्यक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीलाई सपथ गराएका हुन् ।
त्यसैगरी, उपाध्यक्ष अधिकारीले आयोगका सदस्यहरु डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई सपथ गराएका थिए।
मन्त्रिपरिषद् बिहीबार आयोगको उपाध्यक्षमाअधिकारीलाई नियुक्त गरेको थियो ।
२०८१ श्रावण ११, शुक्रबार २०:५० प्रकाशित