अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

चुनावी भाषण गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको चुनावी र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्प अवस्था सामान्य रहेको बताएका छन् ।

घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् । गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलमै सुरक्षाकर्मीले गोली हानेर हत्या गरिदिएका थिए ।

ट्रम्पले आफ्नो कानको पल्लो भागमा गोली लागेको र आफू सुरक्षित रहेको बताउँदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका हुन् ।

२०८१ असार ३०, आईतवार ११:५७ प्रकाशित
ट्रेन्डिङ समाचार