६३५ निजामती कर्मचारीले किन छोडे जागिर ?


१८१२ निजामती कर्मचारी सेवाबाट बाहिरिए , थप २५ सय बाहिरिदै

 

 

–किन जागिर छोडे भन्नेमा छैन अनुसन्धान
–सिपिए नै बेखबर
–निजामती सेवाको खराव प्रवृत्तिका कारण इमान्दारहरु दिक्क
काठमार्डौ,
विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरुले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरुले के कारणले जागिर छोडे भन्ने बारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन् । भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरुले पुरै अवधि जागिर नखादै किन विचैमा जागिर छोडे भन्ने बारेमा सरकारी निकाय अनविज्ञ छ । निजामती सेवामा प्रवेश गर्नेहरुले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकाल बाहेकको अवस्थामा ५८ वर्ष सम्म जागिर खान पाउछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको छ ।

“उनीहरुले के कारणले जागिर छोडे भन्ने बारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन् । भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरुले पुरै अवधि जागिर नखादै किन विचैमा जागिर छोडे भन्ने बारेमा सरकारी निकाय अनविज्ञ छ”

तर जागिर प्रवेश गरेको छोटो समयमा नै राजीनामा दिएर निस्कने कर्मचारीको संख्या पनि बढ्दो रहेको बताइएको छ । केन्द्रिय कर्मचारी निकाय(सिपिए) को रुपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा कुनै मतलब रहेको देखिदैन् । कर्मचारीको मनोवैज्ञानिक अवस्थालाई बुझ्ने कोसिस मन्त्रालयले गर्न नसकेको आरोप छ ।
सरकार र उच्च तहले कर्मचारीको सेवा सुविधा र वृृत्ति विकासमा कुनै ध्यान नदिदा तथा निजामती सेवा व्यवस्थित प्रणालीमा सञ्चालन हुन नसक्दा कतिपय इमान्दार कर्मचारीहरु निजामती सेवा प्रति वाक्क दिक्क अवस्थामा छन् । इमान्दारहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजामती सेवाको आलोचना समेत ह्ुदै आएको छ । स्रोतका अनुसार जागिर अवधि नसकिदै राजीनामा गर्नेमा केहि संख्यामा इमान्दार कर्मचारीहरु समेत रहेको बताइएको छ ।
राष्ट्रिय कितावखानाका अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्म निजामती सेवामा रहेका ६ सय ३५ जना कर्मचारीले राजीनामा दिएर सेवा बाट बाहिरिएका हुन् । निजामती किताबखानाले पनि राजीनामा दिएका कर्मचारीले के कति कारणले राजीनामा दिएका हुन् भन्ने बारेमा कुनै सोधपुछ गर्ने र जानकारी लिने काम गर्न सकेको छैन् । राष्ट्रिय किताबखानाका महानिर्देशक बैकुण्ठनिधि शर्माले जागिर अवधि नसकिदै वर्षेनी केहि संख्यामा कर्मचारीले राजीनामा दिने गरेको बताए । महानिर्देशक शर्माले कर्मचारीको राजीनामाको कारण भने थाहा हुन नसकेको जनाउनुभयो । ‘राजीनामा दिनेहरु सबैले घरायसी समस्या देखाएर राजीनामा दिने गर्नुभएको छ, तर वास्तविकता अर्कै पनि हुन सक्छ, यसको खोजी गर्न जरुरी छ । ’किताबखानाका महानिर्देशक शर्माले प्रशासनपोष्ट सँग भने ।
कितावखानाका एक अधिकृतले भने तनाव व्यहोर्नुपर्ने र त्यसको समाधान खोज्न नसक्ने कर्मचारीहरुले राजीनामा दिने गरेको बताए । उनका अनुसार केहि कर्मचारीहरुले विदेशको आवासीय अनुमति (पीआर) लिएकाले त्यस्ता कर्मचारीले राजीनामा दिने गरेका छन् । तर पनि कोही भने निजामती सेवामा रहेको विकृतिका कारण वाक्क दिक्क भएर राजीनामा दिने गरेको हुन सक्ने पनि ती अधिकृतको भनाई छ । ‘केहिले त सनकका आधारमा समेत राजीनामा दिने गरेको देखिन्छ । ’कितावखानाका ती अधिकृतले भने ।
किताबखानाका अनुसार समय नपुग्दै राजीनामा दिनेमा खरिदार, सुव्वा र अधिकृतस्तरका कर्मचारी बढि रहेका छन् । केहि सचिवहरुले पेन्सन सुविधा बढि पाउने आशाले सेवानिवृत्त हुनुभन्दा केहि दिन अघि राजीनामा दिने गरेका छन् । त्यस्ता कर्मचारीको संख्या भने अत्यन्तै न्यून रहेको छ ।
किताबखानाका अनुसार निजामती सेवामा उमेरहदका कारण वर्षेनी २ हजार देखि ३ हजार कर्मचारीहरु बाहिरिने गरेका छन् । गत आर्थिक वर्ष २०७९ ÷८० मा ३१ सय ८३ कर्मचारी उमेरहदका कारण सेवानिवृत्त भएका थिए । चालु आर्थिक वर्षमा हालसम्म १८ सय १२ रहेको भएपनि आर्थिक वर्ष सकिदा सम्म सो संख्या २ हजार पुग्ने राष्ट्रिय कितावखानाले जनाएको छ । यसैगरि आगामी आर्थिक वर्षमा भने सेवानिवृत्त हुने क्रममा झण्डै २५ सय कर्मचारीहरु रहेको पनि कितावखानाले जनाएको छ ।

 

२०८१ असार ७, शुक्रबार २३:०४ प्रकाशित
ट्रेन्डिङ समाचार