काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूपछि हट्ने अवस्था नरहेको र नेतृत्वका लागि खुट्टा पनि नकमाउने बताएकी छिन्।
कपनस्थित भंगालमा आज पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउने कुरामा कोही भयभीत हुनुपर्ने अवस्था पनि नरहेको बताइन्।
उनले आफ्नो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिएको भन्दै त्यस्ता क्रियाकलाप बन्द हुनुपर्ने बताइन्।
२०८२ श्रावण ६, मंगलवार १९:५८ प्रकाशित


