स्वर्णलक्ष्मी सहकारी प्रकरणमा सांसद माया राईविरुद्ध मुद्दा दायर


काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगीसम्बन्धी आरोपमा मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा पूरक अभियोजनमार्फत राईसहित अन्यलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो।

सहकारीमा ठगी, अनियमितता र सेवाग्राहीको रकम दुरुपयोग गरिएको आरोपमा यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसमेतमाथि मुद्दा चलाइएको थियो। उनी हाल धरौटीमा रिहा भइसकेका छन्।

यो मुद्दाले राजनीतिक क्षेत्र र सहकारी व्यवस्थापन दुवैमा पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई पुनः उजागर गराएको छ।

२०८२ बैशाख ३०, मंगलवार १७:३७ प्रकाशित
ट्रेन्डिङ समाचार