काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
नेपाली काँग्रेसले उनलाई आगामी गभर्नरका लागि सिफारिस गर्न लागेको चर्चा चलिरहेका बेला उनले स्वार्थ बाझिने सम्भावना देखिएको भन्दै राजीनामा दिएका हुन्।
पौडेलले आफ्नो राजीनामा पत्र समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार राजीनामा औपचारिक रूपमा दर्ता भइसकेको छ।
यो घटनाले गभर्नर नियुक्तिमा निष्पक्षताको प्रश्न उठाइरहेका बेला, नैतिक जिम्मेवारीको रूपमा उनले पद त्यागेको विश्लेषण गरिएको छ।
२०८२ बैशाख २९, सोमबार ११:५१ प्रकाशित


