कामकाज ठप्प पारेर सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरूको आन्दोलनमा


काठमाडौँ। सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरूले स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन जारी गर्न दबाब दिने उद्देश्यले कामकाज ठप्प पारेर आन्दोलन सुरु गरेका छन्।

धनगढीमा सुरु भएको प्रदेश स्तरीय भेलाले संघर्ष समिति गठन गर्ने र थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

प्रदेश संयोजक दिनेश रावलका अनुसार आज (२६ वैशाख) देखि सम्पूर्ण स्थानीय तहमा कामकाज बन्द गरिएको छ। कर्मचारीहरूले यसअघि पनि कानुनी आधार माग गर्दै पटक–पटक आन्दोलन गरेका थिए।

२०८२ बैशाख २६, शुक्रबार १५:३१ प्रकाशित
ट्रेन्डिङ समाचार