भारत–पाकिस्ताको तनावप्रति नेपाल सरकार द्वारा चिन्ता व्यक्त


काठमाडौँ । भारतको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीच चुलिएको तनावप्रति नेपाल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उक्त हमलामा एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकको ज्यान जानु दुखद् भएको जनाइएको छ।

नेपालले उक्त आतङ्कवादी हमलाको कडा भर्त्सना गर्दै आतंकवादविरुद्धको लडाइँमा सबै पक्षसँग ऐक्यबद्धता जनाएको छ।

मन्त्रालयले नेपालबाट कुनै पनि शत्रुतापूर्ण गतिविधि छिमेकीविरुद्ध हुन नदिने प्रतिबद्धता समेत दोहोर्‍याएको छ। साथै, क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले सकारात्मक भूमिका खेलिरहने जनाइएको छ।

 

२०८२ बैशाख २६, शुक्रबार १२:१० प्रकाशित
ट्रेन्डिङ समाचार