एनआरएनएमा महेश श्रेष्ठ नेतृत्वको समूहलाई परराष्ट्र मन्त्रालयले दियो मान्यता


काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता दिएको छ।

मन्त्रालयले सर्वोच्च अदालतमा समयावधि थप गर्न गरेको निवेदन फिर्ता गर्ने प्रक्रिया थालेको छ।

डा. शेष घलेको संयोजकत्वमा सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भइसकेको जानकारी दिइएको छ। यसअघि राजेश शम्शेर राणाले दायर गरेको रिटअनुसार अदालतले गठन गरेको उच्चस्तरीय समितिको निर्देशनमामहाधिवेशन सम्पन्न भएको थियो।

परराष्ट्र मन्त्रालयले नयाँ कार्यसमितिलाई वैधानिक मान्यता दिँदै, पुरानो समयावधि विस्तारको निवेदन आवश्यक नरहेको जनाएको छ।

 

२०८२ बैशाख २४, बुधबार ०९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार