शिक्षक आन्दोलनमा झडप, निषेधित क्षेत्र तोड्ने प्रयासपछि स्थिति तनावग्रस्त


काठमाडौँ । राजधानीमा जारी शिक्षक आन्दोलन आइतबार तनावपूर्ण बनेको छ। लामो समयदेखि शान्तिपूर्णरूपमा आन्दोलन गर्दै आएका शिक्षकहरू निषेधित क्षेत्र पार गर्ने प्रयासमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको हो।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए भने आन्दोलनकारीले पनि ढुंगामुढा गर्न थालेपछि झडपको अवस्था सिर्जना भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा प्रयोग गरेको जानकारी प्राप्त भएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको यो आन्दोलन चैत २० गतेदेखि सुरु भएको हो। गुणस्तरीय र समावेशी विद्यालय शिक्षा ऐनको माग गर्दै गरिएको यो आन्दोलन महासंघले ‘निर्णायक चरण’ मा पुगेको दाबी गरेको छ।

२०८२ बैशाख १४, आईतवार १४:३० प्रकाशित
ट्रेन्डिङ समाचार