काठमाडौँ । नेपाली सुन बजारमा आज पुनः नयाँ रेकर्ड कायम भएको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि बिहीबार सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो। आजको मूल्य अघिल्लो रेकर्डभन्दा ४ सय रुपैयाँ बढी हो।
आइतबार भने सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो। सोमबारको तुलनामा आइतबारको मूल्यभन्दा प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।
यसैबीच, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ मा स्थिर छ, जुन आइतबारको मूल्यसँग समान हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रति औंस ३३१६ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितता र बजारमा लगानीकर्ताको आकर्षण बढ्दा सुनको मूल्य उच्च विन्दुमा पुगिरहेको छ।


