ADVERTISEMENT

अख्तियारले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा मार्यो छापा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहान सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा मारेको छ। समितिका लेखापाल खड्कबहादुर रानाले तीन करोड रुपैयाँको हिनामिना गरेको आरोपमा यो छापा मारिएको हो।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा आज बिहान खटिएको टोलीले समितिको कार्यालयमा दोरियाँ गरिरहेको छ। यस क्रममा नगदी रसिद र अन्य कागजातहरू नियन्त्रणमा लिइएका छन्।

अख्तियारको सुर्खेत कार्यालयले यस विषयमा कुनै थप जानकारी दिन अस्वीकार गर्दै ‘गोप्य अप्रेसन’ भएको भन्दै अनुसन्धान प्रक्रिया जारी रहेको बताएको छ। कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले अनुसन्धानको पछि कारबाही अघि बढाउने बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार