काठमाडौँ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु. चार अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो ।
कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्य अभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्त:शुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।
२०८१ चैत्र १२, मंगलवार १६:०६ प्रकाशित


