सुनको मूल्य एकैदिन तोलामा २२ सयले घट्यो


नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (फागुन १५) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

२०८१ फाल्गुन १६, शुक्रबार १६:१३ प्रकाशित
ट्रेन्डिङ समाचार