सुर्खेत । सुर्खेतका महिला अधिकारकर्मी तथा किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महिला तथा बालअधिकारर्की संगिता वलीले नेपालमा संविधानले नै व्यवस्था गरेको बिहेबारी २० वर्ष पारी वैज्ञानिक रहेको बताइन् ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गत गठित उपसमितिको मिति २०८१ माघ २ गते बसेको बैठकले नेपालमा विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको सुझाव प्रति आपत्ति जनाएका छन् ।
२०८१ माघ २८, सोमबार १७:२९ प्रकाशित

