आजको राशिफल


मेष

 आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

 आवश्यकता भन्दा धेरै उदारवादी स्वभावले समस्या निम्त्याउन सक्ला। आफ्नो क्षमतामा विश्वास गरेर कार्यक्षेत्रमा अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

 मनमा धेरै कुरा खेलाउनाले नकारात्मक विचार आउनेछ। संकटको समय मित्रहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

 वैदेशिक यात्राको लागि नयाँ अवसरहरू मिल्नेछ। कार्य क्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

 व्यापार व्यवसायमा रिसाएका मित्रहरूलाई सन्तुष्ट गर्न सकिनेछ। परिवारसँग भ्रमणको कार्यक्रम बन्नेछ। हजुरको सल्लाहबाट अरुले लाभ पाउनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

 मेहनत र अनुशासनले जीवनमा सफलता मिल्नेछ। आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्नुभन्दा निभाउने प्रयास गर्नुहोस्। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

बृष

 सहकर्मीहरूबाट सोचेजस्तो सहयोग मिल्नेछ। इष्टमित्रहरूको सहयोग गर्नुहोस्। कार्यक्षेत्रमा बिलम्ब हुनेछ। व्यापार व्यवसायको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

 सानोतिनो विवादको कारण ठूलो समस्या उत्पन्न हुनसक्छ। नोकरी वा पेशामा कार्यलाई टाल्नु भन्दा पूरा गर्ने प्रयास गर्नुहोस्। कारोबारमा विस्तारको योजनाहरू बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कन्या

 अड्किएका कानुनी मामिलाहरू सुल्झिनेछन्। आफ्नो सामाजिक स्तर बढाउन सक्नुहुनेछ। साझेदारी व्यापारमा मनमुटावको सम्भावना रहेको छ। धैर्यले काम गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

 कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामिलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकहरूको सल्लाह लिनुहोस्। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मकर

नोकरी वा पेशामा मिठो बोल्ने प्रयास गर्नुहोस्। छर छिमेकीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। परिवारमा सम्पत्तिलाई लिएर विवाद हुन सक्ला सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन

 कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। आयस्रोत बढ्नेछ। विवादास्पद कार्य सम्पादन गर्नमा सफल भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २

२०८१ माघ २३, बुधबार ११:५५ प्रकाशित
ट्रेन्डिङ समाचार