दर्ता भएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ रहेका छन् ।
हाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र निकायको भूमिका खेल्दै आएको छ । शनिवार दर्ता भएको विधेयक पास भए प्राधिकरण टुक्राउने बाटो खुल्ने छ ।
यसअघि पनि तत्कालीन मन्त्री योगेश भट्टराईले २०७६ सालमा विधेयक दर्ता गराएका थिए । राष्ट्रिय सभामा दर्ता गरिएको उक्त दुबै विधेयक २०७८ सालमा सरकारले फिर्ता लिएको थियो।
२०८१ माघ २०, आईतवार १७:१३ प्रकाशित


