काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत कार्यरत नवौँदेखि एघारौँ तहका अधिकारीहरूको सरुवा गरेको छ ।
यस्तै, मन्त्रालयले ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ एघारौँ तहका डा. बद्री रिजाल, एघारौँ तहका डा. रुद्र प्रसाद मरासिनीलाई अर्थोपेडिक सर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी एघारौँ तहकी रोशनी लक्ष्मी तुईतुई वीर अस्पताल, वीर अस्पतालको नर्सिङ क्याम्पसकी एघारौँ तहकी बन्दना थापालाई टेकु अस्पतालमा सरुवा गरिएको छ ।
यस्तै, व्यवस्थापन महाशाखाका दशौं तहका डा. सुरेन्द्र चौरसियालाई विभागको उपचारात्मक महाशाखामा कामकाज गर्न पठाइएको छ । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत नवौँ तहका दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा कर्मचारी व्यवस्थापनको कार्यलाई तीव्रता दिइँदै आइएको छ ।


