लुले काठमाण्डौ आइपुग्दा ओली गृह जिल्ला प्रस्थान गर्नु संयोग कि राजनैतिक तिक्तता ?


काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका छन् ।
यस संगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् भने
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने तय भएको छैन ।

यसबारे हामीले थप बुभ्न खोज्दा यसअघि नै तय भएका कार्यक्रमहरुको सिलसिलामा प्रधानमन्त्री ओली भने यही बेला गृहजिल्ला झापा प्रस्थान गर्नुभएको छ भनेर वालुवाटार स्रोतले जनाएको छ ।

यसअघि एमसिसीको अनुमोदन तथा स्टेट पार्टनरसिप प्रोग्रामलाई जोड दिन लु काठमाडौं आएका बेला नेपाली नेतृत्वसँग चर्काचर्की परेको सूचना सार्वजनिक भएको थियो ।
लुभन्दा तल्लो श्रेणीका राजनीतिकर्मी अनि सरकारी अधिकारी नेपाल आउँदा पनि सामान्यतयाः प्रधानमन्त्रीलाई भेटिरहेका हुन्छन् । उच्च स्रोतका अनुसार लु र प्रधानमन्त्रीबीच भेट हुने सम्भावना निकै कम छ । लुलेको नेपाल भ्रमणकै क्रममा  प्रधानमन्त्री ओली गृहजिल्ला पुग्नुलाई संयोगमात्रै नभई त्यही तिक्ततालाई दिइएको कुटनीतिक  प्रतिक्रियाको  रुपमा पनि हेर्न सकिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले लुले भेट्ने छैनन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यति बेला नेपाल बाहिर छिन् ।

२०८१ मंसिर २३, आईतवार १५:३२ प्रकाशित
ट्रेन्डिङ समाचार