पृष्ठभूमि
राज्य सञ्चालन प्रक्रियामा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकहरुलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र हो ।
मूलप्रवाहिकरणवाट वञ्चित पारिएका वर्गहरूलाई आवाज, अवसर र प्रतिनिधित्वको माध्यमबाट शासकीय पद्धतिमा ल्याउने पद्धतिका रुपमा समावेशी लोकतन्त्रलाई लिइन्छ ।
समावेशी लोकतन्त्रको महत्व
कानूनको शासनको प्रवर्द्धन गर्न
राजनीतिक स्थायित्व कायम गर्न
दिगो शान्ति कायम गर्न
समान सहभागीताको सुनिश्चित गर्न
नागरिक सर्वोच्चता कायम गर्न
सामाजिक सांस्कृतिक एवं आर्थिक रुपान्तरणमा सघाउ पुर्याउन
समानुपातिक प्रतिनिधित्वलाई मूर्त रुप दिन
शासन प्रक्रियामा जनताको सहभागीता बढाउन
समावेशी लोकतन्त्रका क्षेत्रहरु
(क) भौगोलिक/प्रादेशिक क्षेत्र
समावेशी लोकतान्त्रिक सङ्घीय शासन प्रणाली अवलम्बन
सन्तुलित विकास
सन्तुलित वितरण प्रणाली
सम्पूर्ण भौगोलिक क्षेत्रको प्रतिनिधित्व
(ख) राजनैतिक / शासकीय क्षेत्र
समानुपातिक निर्वाचन प्रणाली
राजनीति, नीति निर्माण र कार्यान्वयनमा जनताको सहज पहुँच र सहभागीता
आफ्नो प्रतिनिधिमार्फत शासन प्रणालीमा सहभागी हुने स्वतन्त्रता
(ग) आर्थिक क्षेत्र
स्रोत साधनको समन्यायिक वितरण
आर्थिक अधिकारको समान वितरण
उत्पादन, उपभोग, लगानी र वितरण जस्ता अर्थव्यवस्थाका क्रियाकलापहरूको निर्णयमा सबै नागरिकहरूको समान अधिकार
योजना र बजेट प्रणालीमा सबैको समान पहुँच र अवसर
(घ) प्रशासनिक क्षेत्र
जनमुखी प्रशासन संयन्त्र
नागरिकद्वारा सार्वजनिक कार्यको मुल्यांकन
प्रशासनिक सरलता
सेवा प्रवाहमा नागरिकको सहज र समान पहुँच
खास वर्गको मात्र नभई सबैको प्रतिनिधित्व रहने कर्मचारीतन्त्र
(ङ) सामाजिक सांस्कृतिक क्षेत्र
सहिष्णुतामा आधारित सामाजिक मूल्य मान्यताको विकास
सभ्य र समतामूलक समाजको निर्माण
विविधताको सम्मान
सामाजिक सांस्कृतिक रुपान्तरण
सांस्कृतिक स्वतन्त्रता
(च) पर्यावरणीय लोकतन्त्र
वातावरणमैत्री विकास
दिगो विकासको अवधारणाको व्यवहारिक प्रयोग
निष्कर्ष
शासन सञ्चालन प्रक्रिया एवम् राज्यबाट प्रदान गरिने अवसर, स्रोत साधनमा सीमित वर्ग क्षेत्र र समुदायको प्रभुत्व अन्त्य गरी सबै पक्षको समान सहभागिता र अवसरको सुनिश्चितता हुने अवस्था समावेशी लोकतन्त्रमा रहन्छ ।

