काठमाडौं । आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली क्षेत्रसहित केही पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ।
आज दिउँसो देशका हिमाली क्षेत्रका साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यसैगरी, हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। ती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भोलि बिहानपख काठमाडौं उपत्यका तथा विभिन्न खोँचका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।




प्रतिक्रिया