काठमाडौं । अर्थ मन्त्रालयले तीन जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयमा रहेका सहसचिवहरूमध्ये इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
यसैगरी सहसचिव पार्वती अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सरुवा गरिएको छ भने निता शर्मालाई महालेखा नियन्त्रक कार्यालय (मलेनिका) मा पठाइएको छ।
मन्त्रालयले प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने क्रममा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयमा रहेका अन्य सहसचिवहरूको समेत जिम्मेवारी व्यवस्थापन गर्ने तयारी भइरहेको र त्यसबारे छिट्टै निर्णय हुने अर्थ मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया