ADVERTISEMENT

५ किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको केरला, मुलरिया निवासी २९ वर्षीय अब्दुल नौसाद रहेका छन्। उनको साथबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बाटिक एअरको उडानमार्फत थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका नौसादलाई विमानस्थलबाट पक्राउ गरिएको हो।

घटनाबारे लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार