काठमाडौं ।
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
अर्याल कहाँबाट पक्राउ परेका हुन् भन्नेबारे भने खुलाइएको छैन। यस प्रकरणमा यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया