ADVERTISEMENT

बिदाइको अन्तिम दिन पनि हुलाककै श्रीवृद्धिमा जुटिन् मनमाया, गाउँगाउँमा पुग्ने भयो राजपत्र

सरुवा भएर जाने दिनसम्मै संस्थाको सुधार र विस्तारमा सक्रिय अथक प्रशासक , हुलाक र मुद्रण विभागबीच महत्वपूर्ण सम्झौता

काठमाडौं । आफूले नेतृत्व गरिरहेको निकायबाट सरुवा भएपछि नयाँ जिम्मेवारी सम्हाल्न हतारिने प्रशासकहरूको कमी छैन। तर, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले भने एउटा फरक उदाहरण प्रस्तुत गरेकी छन्। आफू सरुवा भएर जाने निश्चित भइसकेपछि पनि उनले जिम्मेवारीमा रहेको अन्तिम दिनसम्म हुलाक सेवाको सुधार, विस्तार र प्रभावकारिताका लागि काम गरिरहिन्।

यसको पछिल्लो उदाहरण हो– हुलाक सेवा विभाग र मुद्रण विभागबीच बुधबार भएको महत्वपूर्ण सम्झौता। विभागबाट बिदा हुने अन्तिम दिन पंगेनीले सरकारी राजपत्रलगायत महत्वपूर्ण प्रकाशन तथा सामग्री देशभरका गाउँगाउँसम्म पुर्‍याउने व्यवस्था मिलाउन सफल भएकी छन्।

बुधबार भएको सम्झौताअनुसार मुद्रण विभागबाट प्रकाशित हुने नेपाल राजपत्रलगायतका सरकारी प्रकाशन तथा सामग्री अब हुलाक सेवामार्फत देशभर पुर्‍याइने छ । । यसले सरकारी प्रकाशनमा सर्वसाधारणको पहुँच विस्तार हुनुका साथै सरकारी सूचना र दस्तावेजको वितरणलाई थप सहज तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्झौतामा हुलाक सेवा विभागकी महानिर्देशक पंगेनी र मुद्रण विभागका महानिर्देशक छविन्द्र  पराजुलीले हस्ताक्षर गरेका छन्। सरकारी प्रकाशनको वितरण प्रणालीलाई देशव्यापी बनाउन दुवै निकायबीच भएको यो सहमतिलाई हुलाक सेवाको उपयोगिता र भूमिकालाई थप विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 

सरुवा भएपछि पनि अन्तिम दिनसम्म संस्थाकै काममा

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पंगेनीलाई हुलाक सेवा विभागबाट महिला बालबालिका , लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो । बुधबार उनलाई हुलाक सेवा विभागबाट औपचारिक रूपमा बिदाइ गरिएको हो।

तर, बिदाइ हुनुअघि नै उनले मुद्रण विभागसँग सम्झौता गरेर हुलाक सेवाको जिम्मेवारी र पहुँच विस्तार गर्ने अर्को महत्वपूर्ण काम सम्पन्न गरिन्। आफूले नेतृत्व गरेको संस्थाबाट बिदा हुने दिनसम्म पनि संस्थाको हित र सुधारका काममा सक्रिय रहनुलाई विभागका कर्मचारीहरूले उनको कार्यशैलीको उदाहरणका रूपमा लिएका छन्।

पंगेनीले हुलाक सेवा विभागको नेतृत्व सम्हालेयता हराउँदै गएको हुलाक सेवाको सान्दर्भिकता र उपयोगितालाई पुनः स्थापित गर्ने प्रयास गरेकी थिइन्। सूचना प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवाको भूमिका खुम्चिँदै गएको अवस्थामा उनले सरकारी तथा अन्य निकायसँग सहकार्य र द्विपक्षीय समझदारी (एमओयू) गर्दै हुलाक सेवालाई नयाँ जिम्मेवारी र अवसरसँग जोड्ने प्रयास गरेकी थिइन्।

विभिन्न सरकारी निकायका सामग्री तथा सेवाको वितरणमा हुलाक सेवालाई उपयोग गर्ने, देशभर फैलिएको यसको सञ्जाललाई प्रभावकारी बनाउने र संस्थाको भूमिकालाई समयअनुकूल विस्तार गर्ने काममा उनको नेतृत्व सक्रिय रह्यो। यसले हुलाक सेवालाई केवल चिठीपत्र ओसारपसार गर्ने परम्परागत संस्थाका रूपमा मात्र नभई सरकारी सेवा र सूचनाको पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने सम्भावना बढाएको छ।

बिदाइमा कर्मचारी भावुक

बुधबार विभागबाट पंगेनीको बिदाइ गर्ने क्रममा विभागका धेरै कर्मचारी भावुक बनेका थिए। विभागका निर्देशकसहित विभिन्न तहका कर्मचारीहरूले उनको नेतृत्वमा काम गर्दा सरल व्यवहार, सहयोगी भावना, स्पष्ट कार्यदिशा र अभिभावकीय मार्गदर्शन पाएको भन्दै प्रशंसा गरेका थिए।

कर्मचारीहरूले पंगेनीको नेतृत्वमा विभागले नयाँ ऊर्जा र कार्यगत सक्रियता प्राप्त गरेको उल्लेख गर्दै उनले अघि बढाएका सुधार तथा विस्तारका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

निजामती प्रशासनमा जिम्मेवारी फेरिनु नियमित प्रक्रिया हो। तर, आफूले छोड्न लागेको संस्थाको हित र सुधारका कामलाई अन्तिम दिनसम्म प्राथमिकतामा राख्ने कार्यशैलीले भने संस्थागत जिम्मेवारीबोधको एउटा सन्देश दिएको छ।

पंगेनीको हुलाक सेवा विभागबाट सरुवा भएसँगै उनको नेतृत्वमा अघि बढेका सुधारका कामले निरन्तरता पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ। किनकि कुनै पनि संस्थाको सुधार एक जना नेतृत्वकर्ताको सक्रियतामा मात्र सीमित नभई त्यसलाई संस्थागत गर्ने र निरन्तरता दिने प्रशासनिक संस्कृतिमा निर्भर हुन्छ।  य मार्गदर्शन पाएको भन्दै पंगेनीको उच्च प्रसंसा गरेका छन् । पंगेनी निजामती क्षेत्रमा नै इमान्दार, कर्तव्यनिष्ट, स्पष्ट योजना र भिजन भएकी र त्यसलाई व्यवहारमा कुशलतापुर्वक उतार्न सक्ने क्षमताकी प्रशासकको  रुपमा परिचित छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार