काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हुने हिंसा, आगजनी तथा विध्वंसले देश अघि बढ्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विनाश नभएको बताएका हुन् ।
ज्ञवालीले सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई हिंसात्मक गतिविधिको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने स्पष्ट पारे । सरकारको अक्षमता वा असन्तुष्टिको समाधान कानुनी प्रक्रियाबाट खोज्नुपर्ने उनको भनाइ थियो ।
उनले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिँदै शान्ति प्रक्रियालाई नयाँ सरकारले पनि साझा राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढाउनुपर्ने बताए ।
सम्बन्धित खबर




प्रतिक्रिया