काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारअघि गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो। यससँगै तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँले घटिसकेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ७ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
तिहारअघि गत सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार तिहारयता चाँदीको मूल्य तोलामा २ सय ५५ रुपैयाँले घटेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया