ADVERTISEMENT

वीरगञ्ज भन्सारको राजस्व लक्ष्यभन्दा बढी

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको हो ।

असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । संकलित राजस्व लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी हो ।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । यस्तै, एलपीजी ग्यास आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) बाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार असोज मसान्तसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ मात्रै संकलन भएको छ । समग्रमा लक्ष्य पूरा हुन नसके पनि असोज महिनामा भने कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार