काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले महँगिएको छ।
मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया