ADVERTISEMENT

ब्राजिलको निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनको प्रक्रियामाथि प्रश्न उठाउँदै धाँधली भएको आशंका गरेका छन्।

उनले राष्ट्रपति लुला दा सिल्भासँग राम्रो सम्बन्ध रहेको बताए पनि निर्वाचनको घटनाक्रम शंकास्पद देखिएको टिप्पणी गरेका हुन्।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मतगणना गर्ने तरिका र निर्वाचनको समयसीमा थपिएको विषयमा असन्तुष्टि जनाए। उनले आफूले कुनै उम्मेदवारको पक्ष नलिएको दाबीसमेत गरे।

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला दा सिल्भा चौथोपटक निर्वाचित भएका छन्। उनले फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा धाँधली भएको आशंकालाई पुष्टि गर्ने प्रमाण भने सार्वजनिक भएका छैनन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार