काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको स्विप अपरेसन तथा फरार व्यक्तिको खोजीका क्रममा ८७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालित स्विप अपरेसनबाट ७५ जना पक्राउ परेका हुन्।
यस्तै, अदालतबाट कैद तथा जरिवानाको फैसला भएका ८ जना र पक्राउ अनुमति जारी भई अनुसन्धानमा रहेका ४ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको विवरण जाँच गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया