गुवाहाटी । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
सोमबार राति करिब ९ बजे लाचित नगरस्थित होटल बिलास इनमा भएको घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको ज्यान गएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनामा दुई महिलासहित होटलका एक कर्मचारी घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गोली चलाउन लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोल प्रयोग गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा होटलको लिजसम्बन्धी विवाद घटनाको कारण रहेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया