काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।
आज युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ पनि उकालो लागेको हो।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। यस्तै, युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा पुगेको छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा कायम हुँदा स्वीस फ्र्यांकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ८८ पैसा र सिंगापुर डलरको ११९ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया