काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।
मतदानको पहिलो मत कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले खसालेका थिए।
यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएपछि स्थगित भएको थियो। तयारी पूरा भएसँगै आज मतदान सुरु गरिएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया