काठमाडौँ । कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिका क्षेत्रको ओख्लेमा भीरबाट पल्टिएको प्रहरीले जनाएको छ। बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार थिए।
दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याइएको थियो। दुर्घटनाको कारण तथा मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित खबर




प्रतिक्रिया