काठमाडौँ । दसैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ खुला भएसँगै काठमाडौँको नयाँ बसपार्कमा लामो दूरीका यात्रु टिकट लिन लाइनमा लागेका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते भएको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
यात्रुको सहजताका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया