रसुवा बाढीमा मृतक संख्या १,२५२ पुग्यो ,४ हजार ८७५ जना अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ५२ पुगेको छ।

प्रहरीका अनुसार बिहीबार बिहान १० बजेसम्म विभिन्न जिल्लामा १ हजार २ सय ५२ शव फेला परेका छन्। तीमध्ये ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत प्रक्रिया अघि बढाइएको छ।

बाढीपछि ४ हजार ८७५ जना अझै बेपत्ता छन्। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार १२६ जनालाई राखिएको प्रहरीले जनाएको छ।

उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, खोज तथा उद्धार गर्ने र अवरुद्ध सडक तथा बाटो खुलाउने काम जारी रहेको प्रहरीले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार