त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, थप १० शव मात्र अट्ने


काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको शवगृह भरिन थालेको छ।

अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार रसुवा बाढीका ६० वटा शव अस्पताल ल्याइएकोमा ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ। शवगृहमा अब बढीमा १० वटा शव मात्र राख्न सकिने अवस्था रहेको उनले बताए।

शवहरू अधिकांश कुहिएको र क्षतविक्षत अवस्थामा रहेकाले पहिचानमा समेत कठिनाइ भइरहेको डा. चौधरीले बताए। उनले थप शव आउने सम्भावनालाई मध्यनजर गर्दै सरकारले तत्काल अस्थायी शव भण्डारणका लागि स्थान पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार