भोटेकोशी बाढीमा ज्यान गुमाएका ५९ जनाको शव शिक्षण अस्पतालमा


काठमाडौँ । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँका अनुसार ल्याइएका शवमध्ये ३२ जनाको शवपरीक्षण भइसकेको छ भने २७ जनाको शवपरीक्षण गर्न बाँकी छ। हालसम्म आठ जनाको मात्र पहिचान खुलेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार