काठमाडौं । चीनले बाढी तथा पहिरो प्रभावित नेपालका लागि ५० टन आपत्कालीन राहत सामग्री र चार जना उद्धार विशेषज्ञ पठाएको छ।
आइतबार बिहान चिनियाँ वायुसेनाका दुई वाई–२० विमानमार्फत १३ हजार २०० थान राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट छन्। उद्धार विशेषज्ञहरू आवश्यक उपकरणसहित नेपाल आएका हुन्।
नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट भएको क्षतिपछिको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीनले उक्त सहायता पठाएको जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया