भारतबाट नेपाललाई थप राहत, उद्धार टोली र पुलका सामग्री


काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रको खोजी, उद्धार तथा राहतका लागि भारतले नेपाललाई थप ११ टन राहत सामग्रीसहित प्राविधिक टोली पठाएको छ।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत उद्धार उपकरण, सुरुङ प्राविधिक टोली र डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञ नेपाल आइपुगेका छन्।

भारतले ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइका सामग्री पनि पठाएको छ। यो भारतबाट नेपाल आएको चौथो खेप सहायता हो।

यस्तै, सडक तथा पुल क्षतिका कारण अवरुद्ध यातायात सुचारु गर्न २३० फिट लामो मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ ट्रक नेपालतर्फ पठाइएको छ। थप सात बेली ब्रिजका उपकरण र प्राविधिक टोली पनि नेपाल आउने जनाइएको छ।

भारतका अनुसार हालसम्म ६८.५ टन राहत सामग्री हवाईमार्फत काठमाडौं ल्याइएको छ

२०८३ भाद्र १४, आईतवार १०:३३ प्रकाशित
ट्रेन्डिङ समाचार