ADVERTISEMENT

त्रिशूली र नारायणीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतह तीव्र रूपमा बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूलीको जलसतह ३ मिटरले बढेको हो।

भारी वर्षाका कारण नारायणी नदी र यसका सहायक नदीहरूमा समेत जलसतह थप बढ्ने अनुमान गरिएको छ। महाशाखाले चितवन, नवलपरासीलगायत नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार