काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतह तीव्र रूपमा बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूलीको जलसतह ३ मिटरले बढेको हो।
भारी वर्षाका कारण नारायणी नदी र यसका सहायक नदीहरूमा समेत जलसतह थप बढ्ने अनुमान गरिएको छ। महाशाखाले चितवन, नवलपरासीलगायत नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
२०८३ भाद्र १४, आईतवार ०८:११ प्रकाशित


