भोटेकोशी क्षेत्रमा भारी वर्षाको चेतावनी


काठमाडौं ।   भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शनिबार मध्यमदेखि भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार कार्य प्रभावित हुनसक्छ।

महाशाखाले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

२०८३ भाद्र १३, शनिबार ०९:२६ प्रकाशित
ट्रेन्डिङ समाचार