काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। जसअनुसार रसुवा र नुवाकोटका ४/४, धादिङका ४, तनहुँका २ र गोरखाको १ स्थानीय तह समेटिएका छन्।
बाढीबाट ठूलो क्षति पुगेका क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सहज होस् भन्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो।
२०८३ भाद्र १३, शनिबार ११:०३ प्रकाशित


