काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ।
उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै सुरक्षाकर्मी अहोरात्र खटिएका छन्। रसुवा र नुवाकोटमा मात्रै चार हजार दुई सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी करिब १५ हजार ४३१ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन गरिएको जनाइएको छ।
२०८३ भाद्र १३, शनिबार १०:४८ प्रकाशित


