एनसेलको निःशुल्क सेवा थप एक साता


काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि बढाएको छ। सेवा शनिबारदेखि थप एक सातासम्म उपलब्ध हुनेछ।

यसअघि कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो।

एनसेलले बाढीका कारण अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ भने थप ९ टावर सञ्चालनका लागि काम भइरहेको जनाएको छ।

खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीले रु. १ करोड सहयोगसमेत गरेको छ।

२०८३ भाद्र १३, शनिबार ०८:०९ प्रकाशित
ट्रेन्डिङ समाचार